site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएसजीको सहज जित 

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टारवर्गमाथि ४–१ गोलको जित निकालेको हो । 

स्टारवर्गको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, पाब्लो सराविया, मोइस केन र लेनड्रो पेरेडेसले एक–एक गोल गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता टारवर्गका लागि डिनो माइसले एक गोल फर्काए । 

जितसँगै पीएसजीले ३२ खेलबाट ६६ अंक जोडेको छ । पीएसजी अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिलेको ६९ अंक छ । 

पराजित स्टारवर्गको ३६ अंक छ । पीएसजीका लागि खेलको १६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता दिलाएका थिए । 

२७ औं मिनेटमा सरावियाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा केनले गोल गर्दै पीएसजीको अग्रता ३–० मा ल्याए । उता स्टारवर्गका लागि खेलको ६३ औं मिनेटमा मोइसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । 

७९ औं मिनेटमा लेनाड्रोले गोल गर्दै टिमलाई ४–१ गोलको जित दिलाए । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्