site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
लव परिरहेका बेला अदालतले विघटन गर्न मिल्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ प्रतिशत नपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको बताएका छन् ।

कर्णाली प्रदेश सम्पर्क कमिटीले सुर्खेतमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले अविश्वासको प्रस्तावमा ठोसरूपमा कतैबाट समर्थन पाउन नसकेको खुलासा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अदालतले विघटन गरिदिए पनि एकताको झण्डा उठाइराख्नुपर्ने बताए । पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट विस्थापित गरेको बताए ।

तर, अदालतले पार्टी नै विघटन गरेपछि उनले कमजोर भएको महसुस पनि गरे । उनले विघटित नेकपाका माधवकुमार नेपाल समूहसँग गहिरो मायाप्रीति भइरहेका बेला अदालतले डिभोर्स गराइदिएको बताए ।

Global Ime bank

“लव परिरहेकाबेला अदालतले डिभोर्स गराइदियो,” उनले भने, “अदालतले त्यसो गर्न मिल्छ त ? हामीले यसलाई अप्राकृतिक भनेका छौँ ।” उनले नेकपा निर्माणपछि आफ्नो समूह, हिजोका लडाकु, संरचनामा ध्यान दिन नसकेको र त्यसको अनुभूत अहिले भित्रभित्रै भइरहेको पनि बताए । कर्णाली प्रदेश हिजो, जनयुद्धकालमा आधारा इलाका रहेको र अहिले पनि हुनसक्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC