बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
युवकको भिरबाट खसेर मृत्यु
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank

पर्वत । घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज बिहान करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

Rohto Landing

Agani Group

गाउँदेखि केही पर वडा नम्बर-७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जंगलमा डढेलो लागेपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भिरबाट लडेपछि उनी करिब २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । रासस

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्