बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
बन्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडां । अहिलेकै गतिमा काम भए आगामी जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।

केही समय कोरोनाभाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहज रुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम हुँदै गए आगामी जेठ पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहर विर्सजन गर्न सकिने आयोजनाले जनाएको छ ।

Rohto Landing

Agani Group

आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्यान्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ । उक्त काम सकी फोहर विसर्जन गर्दै जाने र अन्य बाँकी काम गर्दै जाने तयारी रहेको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम सहरी विकास मन्त्रालयलाई दिने निर्णयानुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । सोहीअनुरुप उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

sarbottam cement

बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । मूल्य अभिवृद्धि करबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता भएअनुरुप काम नसकेपछि निर्माण कम्पनीलाई एक वर्षको समय थप गरिएको थियो ।

निर्णयानुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागको रहेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थित रुपमा लामो सयसम्म एकै स्थानमा फोहर विर्सजन गरिएको भन्दै सिसडोलका स्थानीयवासीले पटक-पटक विरोध गर्दै फोहर व्यवस्थापनको काम अन्यत्र सार्न दबाब दिँदै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिकटन फोहर निस्कन्छ । यसमा सबैभन्दा बढी कामपाबाट निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ ।

सिसडोलका प्रभावित स्थानीयले एक हप्तापहिले पनि स्वास्थ्य र शिक्षा सुनिश्चित गर्नुपर्ने भन्दै आठ दिनसम्म उपत्यकाको फोहर व्यवस्थापन कार्यमा बाधा पुर्‍याएका थिए । रासस

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्