site stats
बाह्रखरी :: Baahrakhari
देश
कोभिड–१९ को संक्रमण बढ्दै, ३३२ संक्रमित थपिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३२ संक्रमित थपिएका छन् । चार हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि  मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा दुई हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्