बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चार मन्त्रीको सांसद पद सकिँदै 
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । नेपाल सरकारका चार मन्त्रीको सांसद पद आजदेखि जाने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर मन्त्री बन्न नेकपा (एमाले)तर्फ लागेका मन्त्रीहरुको सांसद पद आजबाट रिक्त हुने भएको हो ।

माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट तथा गौरीशंकर चौधरी सर्वोच्च अदालतको आदेशबाट पार्टी एकता भंग भएपछि मन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका थिए ।

Agani Group

उनीहरुलाई फिर्ता आउन नेकपा माओवादी केन्द्रले अग्रह गरे पनि नफर्कने बताएपछि माओवादी केन्द्रको संसदीय दलले दल त्याग गरेको निर्णय गरी त्यसको सूचना संसद् सचिवालयलाई दिएको थियो । संसदीय दलले त्यसरी दिएको सूचना सदनमा सभामुखले पढेपछि उनीहरुको पद रिक्त रहने कानुनी व्यवस्था छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ देखि ३६ सम्म दल त्यागसम्बन्धी व्यवस्था छ । त्यसरी दल त्याग गरेको सूचना सभामुखले सदनमा जानकारी गराएपछि पद रिक्त हुनेछ ।

sarbottam cement

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३६ मा भनिएको छ, “स्थान रिक्त हुने : दफा ३५ बमोजिम सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले सम्बन्धित सभा वा सदनलाई दिएपछि वा सम्बसन्धत सचिवालयको सूचना पाटस्मा भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिनेछ ।”

नेकपा (माओवादी केन्द्र)ले गएको मंगलबार प्रतिनिधिसभाका सदस्यसमेत रहेका चार मन्त्रीहरुले दल त्याग गरेको निर्णय गरी त्यसको सूचना संसद् सचिवालयमा बुझाएको थियो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा सभामुखले त्यो सूचना पढेर सुनाउने कार्यसूची छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्