देश
काठमाडौं । म्यानमारका नागरिकको जीवनरक्षाको माग गर्दै आज साँझ काठमाडौंमा प्रदर्शन गरिएको छ ।
मानवअधिकार तथा शान्ति समाजले म्यानमारका नागरिकको जीवनरक्षा, शान्ति र लोकतन्त्र बहालीको मागसहित बौद्धमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले आँखा/निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेका थिए ।
प्रदर्शनमा सहभागीले 'बर्मा : नागरिकको जीवनरक्षा गर', 'शान्ति बहाली गर', 'लोकतन्त्र बहाली गर', 'मानवताविरुद्धको अपराध अन्त्य गर', 'मानवअधिकार उल्लंघन बन्द गर', 'बर्मेली जनताप्रति ऐक्यबद्धता'लगायत लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ २०:४२
प्रतिक्रिया दिनुहोस्