site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टेलिकमको कुन फ्रि नम्बरमा कल गर्दा के जानकारी पाइन्छ...

काठमाडौं ।  नेपाल टेलिकमको सेवा बारेमा जानकारी लिन तथा गुनासा राख्नका लागि विभिन्न नम्बर प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेको जनाएको छ ।  सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बर निःशुल्क हुन् ।

जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउन १९७ नम्बरमा मोबाइल वा कुनै पनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिने टेलिकमले जनाएकोे छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्