site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आज मेरो प्यारो म्यानमार पीडामा छ, प्लिज हामीलाई सहयोग गर्नुहोस’
तस्बिरः एजेन्सी
Sarbottam CementSarbottam Cement

म्यानमार । सुन्दरी प्रतियोगता (ब्युटी प्याजेन्ट) का प्रतियोगी (सुुन्दरी)हरूले दिएको भाषण खासै समाचारको हेडलाइन बन्दैन । तर, गत हप्ता म्यानमारकी सुन्दरी हान ले ले दिएको भाषणको भिडियो क्लिप सामाजिक सञ्जालदेखि मिडियाको ध्यान खिच्न सफल भएको छ । 

हानले आफ्नो देश (म्यानमार) का सेनाले गरेको कथित अत्याचारविरुद्ध बोलेको उक्त भाषणले सबैको ध्यानमात्रै तानेन भावुक पनि बनाएको छ ।

सेतो कोट र ग्रे रंगको पहिरनमा सजिएकी ती सुन्दरी आफ्नो भाषण यसरी सुरु गर्छिन्, “म आज यो मञ्चमा उभिन पाएकोमा निकै खुसी छु । म आज मेरा प्यारा देशवासीहरूले भोगिरहेको दुःखको आवाज बन्दै छु...।”

Prabhu Bank
Agni Group
NIC Asia

थाइल्यान्डमा भएको ‘मिस ग्रान्ड इन्टरनेशनल २०२०’ मा उनले यस्तो भावुक भाषण गरेकी हुन् ।

भाषणमार्फत उनले अहिलेसम्म म्यानमारमा हजारबढी निर्दोषको ज्यान गएको भन्दै अन्य देशलाई सहयोगको गर्न अपिल पनि गरेकी छिन् । “आज मेरो देश म्यानमारमा हजारभन्दा धेरै मारिएका छन् । म लगायत आज म्यानमारका हरेक नागरिक सडकमा आएर प्रजातन्त्रको माग गरिहेकाछौं । कृपया म्यानमारलाई सहयोग गरिदिनुहोला । हामीलाई चाँडोभन्दा चाँडो तपाईंहरूको (अन्तर्राष्ट्रिय) सहयोगको खाँचो छ ।”

Global Ime bank

२२ वर्षीय हान म्यानमारका अन्य युवतिहरूसँग केही महिनाअघि सेनाको विरोधमा सडकमा थिइन् । 

गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा आङ सान सुकीको पार्टीले स्पष्ट बहुमत ल्याएपछि म्यानमारको सेना असन्तुष्ट बनेको थियो । चुनावमा धाँधली भएको दाबी गरेको सेनाले फेरि चुुनाव हुनुपर्ने माग गरेको थियो । तर विभिन्न अध्ययनले चुनावमा सेनाले भनेजस्तो धाँधली नभएको निष्कर्ष निकालेका थिए । त्यसपछि सेनाले गत फेब्रुअरी १ मा प्रजातन्त्र पक्षधर नेताहरूलाई हिरासतमा राखेर सत्ता कब्जा गरेको थियो ।

त्यसपछि सुरु भएको सेनाविरुद्धको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । आफ्नो विरोधमा उत्रनेहरूमाथि सेनाले गोली प्रहार गर्न थालेको छ । जसका कारण दैनिक जनधनको क्षति भइरहेको छ ।

यतिसम्मकी सेनाकाे गाेली लागेर एक सात वर्षीय बालिकाको समेत मृत्यु भएको थियो । सेभ द चिल्ड्रेनको विवरणअनुसार म्यानमारमा हालसम्म ४३ जना बालबालिकाको सेनाका कारण मृत्यु भइसकेको छ । 

जनताको आवाज बन्ने पत्रकारहरूसमेत हिरासतमा थुनिएको अवस्थामा सुन्दरी प्रतियोगिताको अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत हानले आफ्नो देशका नागरिकको दुःख विश्वसमक्ष पुर्‍याइन् ।

यति भनिरहँदा उनी आफ्नो यही दुई मिनेटको भाषणले म्यानमारको सेनाको निशानामा पर्ने डरमा पनि छिन् । त्यसैकारण उनी आफ्नो देश नफर्की तीन महिना थाइल्याण्डमा नै बस्ने निधो गरेकी छिन् । 

भाषण दिएपछि बीबीसीसँग फोनमा कुरा गर्दै उनले आफ्नो परिवार र आफ्नो सुरक्षालाई लिएर आफू चिन्तित बनेको बताएकी छन् । 

“मैले म्यानमारको वर्तमान अवस्था र सेनाको बारेमा धेरै बोलेँ, त्यसैले म मेरो र परिवारको सुरक्षाको विषयमा चिन्तित छु । सबैलाई थाहा भएकै कुरा हो कि म्यानमारमा वाक स्वतन्त्रतामा अंकुश लगाइएको छ ।”

उनको डर निराधार पनि छैन । गत हप्ता मात्रै सेनाको कार्यमा वाधा पुर्‍याएको भन्दै १८ जना सामाजिक सञ्जालका प्रयोगकर्तालाई पक्राउ परेका थिए ।
 
हानले आफूलाई अहिलेसम्म सेनाको तर्फबाट कुनै आधिकारित विज्ञप्ति नआएपनि सामाजिक सञ्जालमा धम्कीपूर्ण प्रतिक्रियाहरू आइरहेका छन् । उनकाे भाषणलाई याे लिंकमा गएर हेर्न सकिन्छ । एजेन्सीहरूको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC