site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिजी इलेक्ट्रोनिक्सको ‘केन्ट आरओ’ किन्दा स्कुटर जित्न सकिने 

काठमाडौं । सीजी इलेक्ट्रोनिक अन्तर्गतको संस्था इओएल प्रालिले नयाँ वर्षको अवसरमा  विशेष अफर ल्याएको छ ।  केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै “स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आर.ओ. सँग सहर्ष” भन्ने नारासहित उपहार योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस योजनामा केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ‘लक्की ड्र’ मा समावेश गरि हरेक महिना एक–एक जनालाई एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एलजीको रेफ्रिजरेटर, एउटा एलजीकै एलईडी टिभी साथै तीन जनालाई गोदरेज भाईरोशिल्डर जित्न सक्ने कम्पनीले जनाएको छ । यस्तै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कूटर जित्ने सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैत ८ गतेदेखि कुनै पनि  केन्ट आरओ खरिद गरेका र गा्रहक उक्त लक्की «मा सवावेश हुने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा भाग लिन केन्ट आरओ (स्पेस), आफ्नो नाम (स्पेस), ठेगाना (स्पेस), खरिद गरेको मिति (स्पेस), उत्पादन मोडेल नाम (स्पेस), सिरियल नम्बर टाइप गरी ३७००१ मा एस.एम.एस. पठाउनुपर्छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्