site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेश पहिलो संस्करणको ललितपुर मेयर कप महिला ट्वान्टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लिगमा चारमध्ये तीन खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले अब फाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ एक खेलअगावै फाइनल पुगिसकेको छ । लिगमा ३ खेल खेलेको एपीएफले ६ अंक जोडेको हो । सुदूरपश्चिमले चार खेलबाट ६ अंक जोड्यो ।

Agni Group

बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । विन्दु रावल १७ रनमा अविजित रहिन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले २ विकेट लिइन् ।

Global Ime bank

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै, कप्तान नेरी थापाले ११ रन जोडिन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ४ विकेट लिइन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC