site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वायु प्रदूषण : विवेकशील साझाले भन्यो– सरकारले तत्परता नदेखाउँदा चिन्ता थपियो
फाइल तस्बिर ।

काठमाडौं । विवेकशील साझा पार्टीले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर्न माग गरेको छ ।

साझाले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचीमा पहिलो नम्बरमा पुग्दा समेत सरकारले वायु प्रदुषण नियन्त्रणका लागि चासो र तत्परता नदेखाएको आरोप लगाएको छ ।  सरकारले तत्परता नदेखाउँदा चिन्ता थपिएको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ–धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु जरुरी रहेको विवेकशील साझाको ठहर छ ।

“प्रदूषणको समस्या अहिले अत्यन्त ठूलो देखिए पनि यो दीर्घकालीन समस्या भएकाले हाम्रा नीति र कार्ययोजना त्यसैअनुरूप प्रभावकारी हुनु जरुरी छ । डढेलो नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयन, भौतिक विकास र पर्यावरण संरक्षणबीचको उचित सन्तुलन, खाना पकाउने विद्युतीय उपकरण र विद्युतीय सवारी–साधनको प्रयोगलाई व्यापक प्रवर्द्धन गरिनुपर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्