site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीले बादललाई कारबाही गरेको पत्र किन बुझाएन ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी छाडेका सांसदहरुलाई मंगलबार कारबाही गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा मन्त्री रहेका प्रतिनिधिसभाका चार सांसदलाई कारबाही गरेको जानकारी मंगलबार संघीय संसद् सचिवालयलाई गरायो ।

माओवादीले मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले पार्टी त्यागेको जानकारी गराएको हो । राष्ट्रियसभाका सांसद रामबहादुर थापा ‘बादल’ ओली नेतृत्वको सरकारमा गृहमन्त्री छन् । माओवादीले बादललाई कारबाही गरेको पत्र भने बुझाएको छैन । उनलाई कारबाही गर्ने निर्णय भइसकेको र एक–दुई दिनभित्रै संसद् सचिवालयलाई जानकारी गराउने सचेतक देव गुरुङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रतिनिधिसभा र राष्ट्रियसभालाई छुट्टै पत्र बुझाउनुपर्छ । प्रतिनिधिसभाका सांसदहरुलाई कारबाही गरेको पत्रचाहिँ बुझाइयो । प्रतिनिधिसभा चलिरहेको छ । राष्ट्रियसभा चलेको पनि छैन । सदन चलेका बेलामा अध्यक्षले सदनमा सुनाउनुपर्छ,” उनले भने ।

संसद् नचलेको अवस्थामा पार्टी परित्याग गरेको जानकारी सचिवालयमा दर्ता भएको १५ दिनभित्र सूचना पार्टीमा सूचना टाँस गर्ने कानुनी व्यवस्था पनि छ । “सोही कारण पत्र बुझाउन सदन चल्नुपर्छ भन्ने छैन । पार्टीले निर्णय गरिसकेको छ । एक–दुई दिनमा बुझाउँछौँ,” गुरुङले भने ।

Global Ime bank

हाल राष्ट्रियसभाको अधिवेशन चलेको छैन भने अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि देशबाहिर छन् । त्यसकारण पत्र नबुझाइएको राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC