site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए ।

“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उनले भने ।

सभापति देउवाले आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताए । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाकाे भनाई छ । लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्