site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिटीलाई पहिलो लेगमा अग्रता 

काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । 

मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । उता डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा रिउसले डर्टमण्डका लागि बराबरी गोल फर्काए । 

पहिलो हाफ १–१ गोलको बराबरी खेलेको सिटीले दोस्रो हाफमा थप एक गोल गरेको हो । ९० औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । डर्टमण्डको मैदानमा हुने दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

दोस्रो खेलमा सिटीलाई बराबरीको नतिजा भए पुग्नेछ । तर, डर्टमण्डलाई भने फराकिलो जितको आवश्यक्ता पर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०९:३६
प्रतिक्रिया दिनुहोस्