site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिस्का जात्रामा रथ तान्न नदिने प्रशासनको अडानविरुद्ध स्थानीय
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिस्का जात्रामा रथ तान्न नदिने जिल्ला प्रशासन कार्यालय भक्तपुरको अडानविरुद्ध भक्तपुरबासी एकजुट भएर आन्दोलन गरिरहेका छन् । प्रशासनको एकलौटी निर्णयले बिस्का जात्रा मनाउन रोक लगाएको भन्दै आन्दोलित भएको स्थानीय प्रमेलाल शिल्पकारले बताए । 

उनले नेताले भेला, समारोह गर्न हुने तर स्थानीयले जात्रा मनाउन नहुने भन्दै सरकारले जात्रामा हस्तक्षेप गरेको बताए । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार बसेको बैठकले जात्रामा रथ तान्न नमिल्ने निर्णय गरेको थियो । 

‘‘सरकार आफैं कोरोना महामारीको वास्तै नगरी सभा समारोह गरिरहेको छ । हामी स्थानीयले जात्रा मनाउन नपाउने ? हामी स्थानीय एकजुट छाैँ” उनले भने, ‘‘रथ बनाउन फागुन २१ गतेदेखि थालिएको थियो । गत वर्ष पनि कोरोना महामारी कै कारण रथजात्रा मनाउन पाएनौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीयको परामर्श विना एकलौटी निर्णय गरेकोमा हाम्रो आपत्ति छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रशासन कार्यालयको बैठकमा प्रहरी, महानगर प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि सहभागी भएको र जात्रामा स्थानीयलाई सहभागी नगराइ निर्णय गरेको स्थानीयको भनाइ छ ।

शिल्पकार रथको काम अन्तिम चरणमा रहेको बताउँछन् । रथको छाना हाल्न मात्रै बाँकी छ । 

Global Ime bank

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ रथ नबनाउँदै प्रशासनले निर्णय गर्नुपर्ने बताउँछन् । उनी मेलम्ची खानेपानी काठमाडौं आएको उपलक्ष्यमा सरकारले दुई पटक गरेको समारोहलाई उदाहरण दिँदै भन्छन्, ‘‘सरकारले आफ्नो कार्यक्रम गर्दा भने कोरोनाको ख्याल नगर्ने हाम्रो संस्कृतिलाई जोगाउन जात्रापर्व गर्न नपाउने ? कोरोना महामारी सामान्य भएको बेलामा जात्रा पर्व संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्ने माग छ,” उनको माग छ ।  

गत वर्ष कोरोना महामारीका कारण रथयात्रा मनाउन नपाएको भन्दै यसपालिको रथयात्रा मनाउने निर्णय गरेको थियो । सेतो मच्छिन्द्रनाथको रथयात्रा वैशाख ७ गतेदेखि सुरु हुनेछ । 

राष्ट्रिय पहिचान संरक्षण संघर्ष संयुक्त समिति काठमाडौंले बिस्का जात्रामा रथयात्रा मनाइनुपर्ने भन्दै स्थानीयको समर्थनमा विज्ञप्ति निकालेको थियो । 

बिस्का जात्राको रथ तान्ने काम चैत २८ गतेदेखि सुरु हुन्छ । आठ रात नौ दिनको जात्रा अन्तर्गत रथ तान्ने जिब्रो छेड्ने लगायतका विभिन्न कार्यक्रम हुन्छन् । यसलाई लिङ्गो ठड्याउने र ढाल्ने मूल परम्पराका रुपमा पनि हेरिन्छ । 

भक्तपुरका स्थानीयले आज दिउसो रथ तान्न पाउँनुपर्ने माग राख्दै विरोध गरे । अहिले साँझ भक्तपुरको न्यातपोल मन्दिरमा आन्दोलन गरेका छन् ।  

जति आन्दोलन गरे पनि रथ तान्न नदिने प्रशासनको अडान 
जिल्ला प्रशासन कार्यालयले जति आन्दोलन भएपनि रथ तान्न नदिने अडान लिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले रथ तान्दा भीडभाड धेरै हुने भएकाले रथजात्रा मनाउन नदिने बताए । उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजापाठ भगवानको काम गर्न स्थानीयलाई नरोकेको बताए । ‘‘हामीले गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार रथ तान्न नदिने निर्णय गरेका हौँ । रथ तान्दा स्थानीयको मात्रै सहभागिता नभइ विभिन्न जिल्लाका मानिस भेला हुने भएकाले रथ तान्न रोकौँ भनेको थियौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC