site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको आत्मस्वीकारोक्ति : जाली फटाहाहरूले भाउ पाएजस्तो भयो
तस्बिर: प्रचण्डकाे सचिवालय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रुकुम पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा हिजो दुःखमा साथ दिएकालाई उचित जिम्मेवारी दिन नसकेको आत्मबोध गरेका छन् । पार्टी कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार रुकुम पुगेका प्रचण्डले हिजो दुःखका बेला प्रचण्ड भनेर हिँड्ने, काँध थाप्नेहरूलाई जिम्मेवारी दिन नसकेको बरु जाली, फटाहा प्रवृत्तिले प्रोत्साहन पाएको बताएका हुन् ।

“मैले तपाईंहरूले देख्नुभयो, पार्टी विभाजन गरेर गए पनि पछि आएर गल्ती भयो कमरेड भन्नेलाई उदारतापूर्वक पार्टीको माथिल्लो कमिटीमा जिम्मेवारी दिएँ," उनले आत्मसमीक्षा गर्दै भने,  "मलाई गद्दार भन्नेहरु, त्यतिमात्र होइन, ७० को चुनावमा ममाथि बम प्रहार गर्ने, म केही सेकेण्डले मात्रै बँचेको थिएँ, बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ । साह्रै मैले गल्ती गरेँ ।"

उनले जनतामा केही समर्थन नभएकाहरूलाई जिम्मेवारी दिन नसकेको पश्चात्ताप बोध पनि गरे ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्