site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंकन पुलिसविरुद्धको खेलमा सहज जित निकाल्ने आर्मीको योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुव आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा भोलि (बुधबार) श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले श्रीलंका पुलिस टिमसँग खेल्नेछ । दुई टोलीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

आर्मी आफ्नो पहिलो खेलमा सहज जित निकाल्ने योजना भएको बताएको छ । पहिलोपटक एएपmसी कपको प्रारम्भिक छनोट खेल्न लागेको आर्मीले घरेलु मैदानमा आफूलाई प्रमाणित गर्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले खेलाडीहरू पूर्ण रूपमा फिट भएकाले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । एएफसीको लाइसेन्स प्राप्त गरिसकेपछि नै आफूहरूले तयारी गरिरहेको बताउँदै उनले टिमको प्रदर्शन सम्झन लायक हुने दाबी गरे । 

“प्रतियोगिताका लागि हामीले लामो समयदेखि तयारी गरिरहेका छौं । पहिलोपटक ठूलो प्रतियोगिता खेल्न लागेकाले खेलाडीहरू उत्साहित छन् । सबै खेलाडी फिट छन्,” नौपानेले प्रिम्याच कन्फ्रेन्समा भने । 

Global Ime bank

उनले त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेसँगै समर्थकमा निकै उत्साह भएको बताए । अर्को खेल जितेर नेपालीहरूलाई नयाँ खुसी दिने आफूहरूको योजना रहेको उनको भनाइ छ । “जित नै हाम्रो मुख्य लक्ष्य हो । बराबरी खेल्ने पनि हामीलाई छुटकरा छैन्,” उनले भने, “एएफसी कपको समूह चरणमा पुग्ने हाम्रो लक्ष्य छ त्यसका लागि हामीले उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । जसमा म मेरो टोलीप्रति विश्वास गर्छु ।”

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’ मा स्थान बनाउने छ । 

यता कप्तान भरत खवास पनि अन्तर्राष्ट्रिय फुटबलमा आफूहरूको पहिचान बनाउन यो प्रतियोगिता महत्वपूर्ण भएको बताउँछन् । प्रतियोगिताका लागि खेलाडीले राम्रो तयारी गरेकाले जित निकाल्ने कुरामा आफू विश्वस्त रहको उनको भनाइ छ । 

“अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन यो प्रतियोगिता हाम्रो लागि महत्वपूर्ण छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेमा हामीलाई यस्ता खालका अवसरहरू धेरै आउनेछन्,” भरतले भने । 

उनले आफूले त्रिदेशीय फुटबलमा धेरै खेल्ने मौका नपाएकाले यो खेलमा आफूलाई प्रमाणित गर्ने अवसर रहेको पनि बताए । यो खेलले आफू लगायत राष्ट्रिय टोलीमा अवसर नपाएका खेलाडीलाई राम्रो अवसर दिने उनको विश्वास छ ।

यता श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले छोटो तयारी भएपनि आफूहरूको टिम राम्रो रहेको बताए । उनले आफ्नो टोलीमा राष्ट्रिय टिमका कुनै खेलाडी नभएकाले आर्मीसँगको खेलमा केही फरक रणनीति अपनाउनुपर्ने बताए । उनले टिममा तीन विदेशी खेलाडी रहेको बताए । 

“हामीले तयारीका लागि लामो समय पाएनौं । छोटो समयका तयारीका बाबजुत पनि हामी खेलमा आएका छौं,” प्रशिक्षक अल्पेन्सुले भने, “टिममा तीन विदेशी खेलाडी भएकाले हामीलाई केही राहत मिल्नेछ । आर्मी बलियो टोली हो । आर्मीसँगको खेलमा हामी कुनै कमजोरी गर्ने छैनौं ।” 

श्रीलंका पुलिसका कप्तान चामिक कुमाराले नेपालमा खेल्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले नेपालमा समर्थकहरूको राम्रो माहोल रहेकाले नेपाली मैदानमा खेल्नकाे लागि आफूहरू उत्साहित भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC