site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चीनबाट ल्याएको ६ वटा जहाज चलाउन नसकेपछि नेपाल वायुसेवा निगमले बेच्ने वा भाडामा दिने निर्णय गरेको समाचार सार्वजनिक भएको छ । चीन सरकारको अनुदान र ऋणमा सन् २०१२मा ल्याइएका चिनियाँ जहाज सञ्चालन गर्दा पाँच वर्षमा दुई अर्ब रुपियाँ घाटा भएको छ ।

खरिद गर्ने निर्णय गरिएकै बेला चिनियाँ जहाज नेपालका लागि उपयुक्त हुँदैन भन्ने सम्भवतः सबैले थाहा पाएका थिए । निगमभित्र र बाहिरका अधिकांश सरोकारवालाको चिनियाँ जहाज खरिद गर्न नहुने धारणा सार्वजनिक उतिबेलै भएको थियो । तर, देश र निगमको हितको उपेक्षा गरेर चिनियाँ जहाज किनेरै छाडियो । 

अनुदानको लोभमा परेर गुणस्तरमा समेत शंका गरिएका चिनियाँ जहाज नेपालमा ल्याइएको थियो । ती जहाज कहिल्यै राम्ररी सञ्चालन हुन सकेनन् र जनशक्ति, प्रविधि र नियमित मर्मत सम्भारको अभावमा उडाउन नसकिएको भनियो ।  भनिन्छ, चिनियाँ पक्षले यस्तै जहाज दिने प्रस्ताव गर्दा बङ्गलादेशले अस्वीकार गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ जहाज अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसारका पनि नभएको मानिन्छ भने नेपाल वायुसेवा निगमका लागि त व्यावसायिक दृष्टिबाट पनि उपयुक्त थिएनन् । तर, निगमका त्यतिबेलाको व्यवस्थापन र तालुकवाला मन्त्रीको चिनियाँ जहाज ल्याइछाड्ने हठले देशलाई अर्बौंको क्षति भयो ।

चिनियाँ जहाज खरिद गर्ने निर्णयमा सहमति जनाउन नमान्दा नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा अर्थमन्त्रालयमा प्रतिनिधिलाई मन्त्रालयबाटै सरुवा गरिएको थियो । यस घटनाले पनि चिनियाँ जहाज नेपालका लागि अनुपयुक्त भएको थाहा हुँदाहुँदै पनि खरिद गर्न जिद्दी गर्नुमा कसैको व्यक्तिगत स्वार्थसमेत जोडिएको अनुमान सहजै गर्न सकिन्छ ।

Global Ime bank


चिनियाँ जहाजको सञ्चालन राम्ररी हुनसक्ता निगमकै साखमा गम्भीर प्रतिकूल प्रभाव परेको छ । युरोपेली संघले नेपाल वायुसेवा निगमका जहाजमा प्रतिबन्ध लगाउनुको कारण चिनियाँ जहाज खरिद पनि भएको सम्बन्धित सरोकारवालाको अनुमान छ ।  

चिनियाँ जहाजसमेतका कारण अहिले नेपाल वायुसेवा निगम  थला परेको अवस्थामा छ ।  विडम्बना, यसका लागि कसैले पनि दण्डित भने हुनुपरेको छैन । गलत निर्णय गर्ने व्यक्तिले सजाय पाउने परम्परा नबस्दासम्म यस्तो प्रवृत्ति रोकिने देखिँदैन ।  

यस्तै, अहिले बेच्दा वा भाडामा दिँदा पनि निगमलाई हानि हुनेगरी सम्बन्धित पदाधिकारीले व्यक्तिगत लाभ उठाउन सक्छन् । त्यसो भयो भने चिनियाँ ऋणको पासो झन् कसिन सक्छ भने निगम ध्वस्त हुने दिशामा अर्को कदम तल खस्कनेछ । 

अतः जानजान गरिएको निगम डुबाउने बेइमानीका लागि चिनियाँ जहाज किन्न अनुचित हठ गर्नेहरूलाई दण्ड दिइनुपर्छ । यस्तै, आयन्दा यस्तो बेइमानी नहुने सुनिश्चित गर्नुपर्छ । नत्र, नियतवश गरिने बेइमानीका कारण राज्यका संस्था डुब्ने र डुबाउने क्रम कहिल्यै रोकिनेछैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC