site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खनाल–नेपाल समूहले काभ्रेमा समानान्तर जिल्ला कमिटी घोषणा गर्दै, टोकबहादुरलाई अध्यक्ष बनाउने तयारी
टोकबहादुर वाइबा । फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काभ्रेमा समानान्तर जिल्ला कमिटी घोषणाको तयारी गरेको छ । खनाल–नेपाल समूहले मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेश कमिटीको घोषणा गर्दै छ ।

बिहान ११ बजे बस्ने बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश संयोजन कमिटी र लगत्तै बस्ने बैठकले १३ जिल्लामा समानान्तर कमिटी गठनको तयारी गरेको बुझिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काभ्रेमा टोकबहादुर वाइवालाई जिल्ला अध्यक्ष, वसुन्धरा हुमागाईंलाई उपाध्यक्ष, दीपक गौतमलाई सचिव र भक्तकुमारी लामालाई सहसचिव बनाउने तयारी गरेको स्रोतको जिकिर छ ।

वाइवा मण्डनदेउपुर नगरपालिकाका मेयर हुन् । हुमागाईं प्रदेश सांसद हुन् । गौतम र लामा विद्यार्थी राजनीतिबाट पार्टीमा उक्लिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:३०
प्रतिक्रिया दिनुहोस्