site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राज्यले सबैभन्दा गरिब र कमजोर वर्गको कल्याणलाई पहिलो प्राथमिकतामा नराख्दासम्म कथित ‘समृद्धि’ पाखण्डमात्र हुन्छ । नेपालमा अहिले लगाइएको ‘समृद्धि’ को नारा पनि पाखण्डमात्र भएको पुष्टि बाँकेको नरैनापुरमा शनिवार भएको आगलागीबाट पनि हुन्छ ।

बाँके नरैनापुर-४ खोदवामा आगलागी हुँदा पक्की घरहरू जोगिए भने फुसका झुप्राहरू खरानी भए । यसले सयौं परिवारलाई एकैपटक घरबारविहीन बनाइदियो । घरबारविहीन परिवारलाई राज्य र गैरसरकारी संस्थाहरूले मानवीय सहायता उपलब्ध गराएर जेनतेन जीवन त जोगाउलान् तर राज्यले विशेष ध्यान नदिए यी आगलागीपीडित गरिबीको खाडलमा थप भासिनेछन् ।    

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका विशेषगरी ग्रामीण भेगका बस्तीहरूमा अहिले पनि फुसका घर र छाप्राहरूमा बस्ने परिवारको सङ्ख्या निकै ठूलो छ । यस्तो घरछाप्रामा बस्नेहरू सधैँ नै आगलागीको जोखिममा हुन्छन् । आगलागीपीडित परिवार थप गरिब हुन्छ र गरिबीको दुश्चक्रबाट उम्कने प्रयत्न फेरि विफल हुन्छ ।      

सरकार भने बरु एउटै परिवारलाई पटकपटक गरिबी निवारणका नाममा पटके सहयोग गर्न तयार हुन्छ । तर, गरिबीको दुश्चक्रमा फस्न नदिने उपाय अपनाउन अग्रसर हुँदैन । बर्सेनि दोहोरिने आगलागीका घटनाबाट सरकारको यही अदूरदर्शी प्रवृत्ति उजागर भएको छ ।

Global Ime bank

राज्यले अठोट गर्ने हो भने कम्तीमा पनि सबै घरको छानो पक्की बनाउन खासै कठिन हुने थिएन । त्यति त स्थानीय तहकै साधन स्रोतले पनि भ्याउनु पर्ने हो । आवास सुविधा उपलब्ध गराउन ऋण नै लिए पनि कालान्तरमा लाभदायक नै हुन्छ । राज्यका तीनै तहका सरकार मिलेर वा एक्लै पनि पक्की छाना अभियान चलाउन सकिन्छ ।

सरकारले सहजीकरण गरेमा गैरसरकारी संस्थाहरू पनि सहयोगका लागि तयार हुनसक्छन् । सरकारको क्षमताले नपुगे गरिबका घरमा पक्की छाना लगाइदिन त अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले  पनि सहयोग गर्न सक्छन् । 

यसैले नरैनापुरका अग्निपीडितले फेरि आगलागीको चपेटामा गाउँ नै ध्वस्त हुने नियति भोग्नु नपर्ने सुनिश्चित गरियोस् । अब उनीहरूले घर बनाउँदा  छाना पक्की बनाउन प्रेरित गर्ने र त्यसमा लाग्ने थप खर्चको जोहो राज्यले गरिदिने गर्नुपर्छ । हावादारी शिलान्यास कार्यक्रमबाट हैन सबै घरमा  पक्की छाना जस्ता अभियानबाट नै देशको अनुहार फेरिने हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC