site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रिय बाल नाटक महोत्सव : ‘भुमिका’, ‘रिट्ठु’ र ‘अक्षर’ उत्कृष्ट बन्न सफल

काठमाडौं । राष्ट्रिय बाल नाटक महोत्सव २०७७ सम्पन्न भएको छ । कोरोना कहरका कारण यस वर्षको नाटक महोत्सव भर्चुअल रूपमा आयोजना भएको थियो । शनिबार उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्दै १२ औं महोत्सव सम्पन्न भएको हो ।

उत्कृष्ट तीन नाटकमा एभरेस्ट एकेडेमी कैलालीको प्रस्तुति ‘भुमिका’, चुलाचुली रंगमञ्चको इलामको प्रस्तुति ‘रिट्ठु’ र मर्निङ स्टार विद्यालय सुर्खेतको प्रस्तुति ‘अक्षर’पर्न सफल भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैत १ गतेदेखि सुरु भएर चैत १२ गते सम्म चलेको महोत्सवमा जम्मा १२ वटा नाटक भर्चुअल रूपमा मञ्चन भएका थिए । निर्णायक मण्डलमा त्रीवी उप–प्राध्यापक डा.अशोक थापा र रंगकर्मी लुनिभा तुलाधर रहेका थिए । 

प्रत्येक वर्ष आयोजना हुने बाल नाटक महोत्सवमा शैली थिएटर संगै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रूसी विज्ञान तथा सांस्कृतिक केन्द्रले समेत सहकार्य गर्दै आएका छन् ।

महोत्सवका निर्देशक नवराज बुढाथोकीले बालबालिकाले रंगमञ्चबारे जान्ने, बुझ्ने र सिक्ने अवसर बालनाटक महोत्सवले थोरै भएपनि पूरा गरेको बताए । “बालबालिका संग जोडिएर हुने कार्यक्रम एकदमै कम हुने, त्यसमाथि पनि रंगमञ्चीय गतिविधि त हुँदै नभएको देखेर आज भन्दा १२ वर्षअघि बाल नाटक महोत्सव आयोजना गरेर बालबालिकालाई रंगमञ्चसम्म ल्याउने प्रयास गरेका हौं,” उनले भने ।

उत्कृष्ट नाटक तयार गर्ने समूहलाई १५–१५ हजार नगद र डिजिटल प्रमाणपत्र दिएर सम्मान गरिने छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्