site stats
बाह्रखरी :: Baahrakhari
खेल
वायर्नको साँघुरो जित 

काठमाडौं । साविकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा साँघुरो जित निकालेको छ । उपाधि दावेदार वायर्नले शनिबार राति भएको खेलमा वायर्नले आरबी लाइपजिगलाई १–० गोल अन्तरले हरायो । 

लाइपजिगको मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले निर्णायक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको ३८ औं मिनेटमा लियोनले निर्णायक गोल गरेका थिए । लाइपजिगले वायर्नको पोस्टमा उत्कृष्ट सटहरु प्रहार गरेपनि गोल भने गर्न सकेन । 

जितसँगै वायर्नले शीर्ष २७ खेलमा ६४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लाइपजिगको ५७ अंक छ । बुन्डेस लिगा अन्तर्गत नै शनिबार भएको अर्काे खेलमा बोरोसिया डर्टमण्ड इन्र्टाक्च फान्कर्फटसँग २–१ गोलले पराजित भएको हो । 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०९:१६
प्रतिक्रिया दिनुहोस्