बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
समृद्धि र असभलाई उपाधि
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१२ गल्र्सतर्फको उपाधि समृद्धि महर्जनले उचाल्दा यु–१० ब्वाइजतर्फको उपाधि असभ सम्राट हाडाले जितेको छन् । 

मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा  लगाउँदै स्वर्ण पदक जितेका हुन् । 

Rohto Landing

Agani Group

यु–१४ गल्र्सको  उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइजतर्फ प्रनभ मानन्धर र राजवीर प्रधान भिड्ने भएका छन् । समिराले जेनी खड्कालाई ६–४ र ६–४ को सेटमा स्तब्ध बनाउँदा प्रशंसाले आध्या पौडेललाई ६–१ र ६–४ ले हराइन् । ब्वाइजतर्फको खेलमा प्रनभले निश्चल कायस्तलाई ६–१ र ६–१ को सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । 

यु–१२ ब्वाइजतर्फको खेलमा दर्शिल श्रेष्ठमाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाए । दर्शिलले सिर्जन भट्टराईलाई ६–१, ४–६ र ६–० को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन्। सामाजिक उत्तरदायित्व अनुसार सञ्चालन भएको प्रतियोगिता आइतबारसम्म सञ्चालन हुँदैछन् । कुल १०५ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ब्वाइजतर्फ ६ र गल्र्सतर्फ ५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्