site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

महाव्याधि घोषित कोभिड-१९ को सङ्क्रमणको अर्को लहर नेपालमा पनि देखिन थालेको छ । भारतलगायतका अरू केही मुलुकमा त केही साता पहिले कोभिड-१९ फेरि फैलन थालेको थियो । गत वर्षजस्तै यसपटक पनि नेपालमै जोखिम नबढ्दासम्म सरकार र केही हदसम्म नागरिकहरूले समेत हेलचेक्य्राइँ गर्दा स्थिति भयावह हुने जोखिम देखिएको छ । 

महाव्याधिको सङ्क्रमणको पछिल्लो लहरमा  विद्यार्थी र शिक्षकशिक्षिका बढी सङ्क्रमित भएका छन् । विद्यालय सञ्चालन गर्ने तर कोभिड-१९ को सङ्क्रमण रोक्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने प्रवृत्तिले नै पछिल्ला दिनमा शिक्षक र विद्यार्थी सङ्क्रमणको चपेटामा परेका हुन् । सङ्क्रमण रोक्ने उपाय अपनाउनै नसकिने हो भने भौतिकरूपमा कक्षा र परीक्षा सञ्चालन गर्ने मामिलामा पुनर्विचार गर्नुपर्छ ।
सङ्क्रमण नियन्त्रण र जनजीवन पनि सहजतापूर्वक सञ्चालन हुने उपाय खोज्न सरकारले अहिलेसम्म खासै ध्यान दिएको देखिएन । गत वर्ष सबैभन्दा पहिले नेपालमा कोभिड(१९ को सङ्क्रमण हुनै सक्तैन भन्ने स्वाँठ तर्क दिएर सरकारका जिम्मेवार पदाधिकारीले समय खेर फाले । अनि सरकारले जनतालाई हुने सास्तीको वास्तै नगरी एकाएक देशभर बन्दाबन्दी (लकडाउन) थोपरिदिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्दाबन्दी गर्दाजस्तै हटाउँदा पनि सरकारले जनस्वास्थ्यको आधार अपनाएन । अर्थात्, विना आधार बन्दाबन्दी गरियो भने सङ्क्रमण नियन्त्रणको कुनै तयारी नगरीकनै हटाइयो । सरकारको यस्तो गैरजिम्मेवार अभ्यासको सिको नेपाली जनताले पनि गरे ।

गाउँघरतिर त सङ्क्रमणको परीक्षण नै गरिएन भने नियन्त्रणको उपाय पनि अपनाइएन । सहरबजारमा पनि मास्क लगाउनेदेखि हात धुने र भौतिक दूरी कायम राख्न कसैले ध्यान दिएन । सङ्क्रमणको जोखिम कम नहुँदै स्वास्थ्य सावधानी अपनाउन नछाडेको भए सम्भवतः अहिलेको अवस्था उत्पन्न हुनेथिएन । कतै सङ्क्रमणको जोखिम देखा परे पनि आत्तिनुपर्ने थिएन ।

Global Ime bank

जनसाधारणभन्दा पनि सङ्क्रमणको जोखिम बढाउने धेरै हेलचेक्र्याइँ राजनीतिक दलका नेता कार्यकर्ताले गरे । सरकारका पक्षविपक्षमा निकालिएका जुलुसहरू यथार्थमा नेपालको राजनीतिक नेतृत्वको गैरजिम्मेवार प्रवृत्तिको दृष्टान्त बन्न पुगेको छ । यसैले अब पनि देशको नीति निर्माणमा निर्णायक हुनुपर्ने यो तत्त्व जिम्मेवार र जनस्वास्थ्यप्रति संवेदनशील हुने अपेक्षा गर्नु मूर्खता हुन्छ ।

अतः सरकारले के निर्णय गर्ला भनेर नपर्खी स्थानीय तहहरू र विद्यालय व्यवस्थापन तथा अभिभावकहरूले विद्यालयहरूलाई महाव्याधि सङ्क्रमणको केन्द्र बन्न नदिन गम्भीर बन्नु आवश्यक छ । विद्यालयको कार्यतालिकामा जोड दिने हैन विद्यार्थीको शैक्षिक उपलब्धि हासिल हुने तर तिनको स्वास्थ्यमा सम्झौता गर्न नपर्ने उपायहरू खोजिनुपर्छ । 

साना नानीहरूका लागि त खोप नै बनिसकेको छैन । शिक्षणमा संलग्न जनशक्तिलाई खोपमा प्राथमिकता दिँदामात्रै पनि विद्यालयमा र विद्यालयबाट सङ्क्रमण फैलने जोखिम कम गर्न सकिन्छ । कम्तीमा पनि विद्यालयले मास्क अनिवार्य गर्ने, भौतिक दूरी कायम राख्ने र हात धुनेजस्ता स्वास्थ्य सावधानी अपनाउन विशेष ध्यान देओस् । अर्को सङ्क्रमण र त्यसैका निहुँमा बन्दाबन्दी थोपरियो भने नेपालीका लागि निकै महँगो हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC