site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोल्यान्डमाथि इङ्ल्यान्डको जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटमा इङ्ल्यान्डले सहज जित निकालेको छ । 

बुधबार राति भएको खेलमा इङ्ल्यान्डले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

Agni Group

घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र ह्यारी मग्वायरले एक–एक गोल गरे । उता पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा पोल्यान्डका जाकुबले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए ।

Global Ime bank

८५ औं मिनेटमा मग्वायरले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए ।

जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले ३ खेलमा ९ अंक जोडेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर चौंथो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC