site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनएसजेएफ एकेडेमीको औपचारिक सुरुआत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुआत गरेको छ । काठमाडौंमा बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो ।

मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्धेश्यकासाथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो ।

तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ ।

Global Ime bank

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले खेल पत्रकारको व्यवसायिक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे । 

युवा तथा खेलकुद मन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement