site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘केपी बा वी लभ यु’ : लहैलहैमा नारा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु फुटबलमा यति बेला दुईवटा विषयको चर्चा भइरहेको छ । पहिलो चर्चा नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि उचालेको र दोस्रो चर्चा सोही उपाधि भिडन्त हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि खेलाडीहरूले लगाएको ‘केपी बा वी लभ यु’को नाराको ।

लामो समयपछि घरेलु मैदानमा उपाधि उचाल्दा खेलाडीको उत्साह अनुहारमै प्रष्टसँग झल्किन्थ्यो । अर्कोतिर, त्यही उत्साहका बीच खेलाडीको अनुहारमा १३ वर्ष राष्ट्रिय टोलीमा बिताएका विराज महर्जनको सन्यासले बनाएको निराशा पनि झल्किन्थ्यो । उनले बंगलादेशसँगको फाइल खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

उपाधि आफ्नो पोल्टामा परेपछि उत्साहित बनेका खेलाडीहरूले प्रधानमन्त्री ओलीकै अगाडि ‘केपी बा वी लभ यु’को नारा लगाए । सोही नारा अहिले सर्वाधिक आलोचना र प्रोत्साहनको विषय बनेको छ । नेपाली फुटबल इतिहासमा फुटबल खेलाडीले कुनै प्रधानमन्त्रीको प्रशंसा गरेको सायदै यो पहिलो घटना हो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘केपी बा वी लभ यु’को नारा
घरेलु मैदानमा कीर्गिस्तान, बंगलादेश र नेपालबीच त्रिदेशीय फुटबल चल्यो । नेपालले आफ्ना अघिल्ला दुई खेलमा बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो । अर्कोतिर, बंगलादेश पनि फाइनल पुगेको थियो । फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पा¥यो ।

आफ्नो राजनीतिक व्यस्तताका बाबजुत फाइलन हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीले खेलको अन्तिम मिनेटसम्म उत्सुकताका साथ हेरे । प्रधानमन्त्री नै आफूहरूको खेल हेर्न मैदानमा उपस्थित भएपछि खेलाडीहरूमा बेग्लै उत्साह देख्न सकिन्थ्यो ।

Global Ime bank

नेपालले उपाधि उचालीसकेपछि विराज महर्जनलाई ओलीले ‘ब्लेजर’ लगाएर बिदाइ गरे । महर्जनले आफूले सोचेअनुरुप बिदाइ हुन पाउँदा आफ्नो खेल जीवनले सफलता पाएको प्रतिक्रिया दिए ।

त्यसपछि पुरस्कार वितरणको समारोह भयो । बंगलादेशका खेलाडीले पुरस्कार थापेपछि नेपाली खेलाडीहरू भीआईपी प्याराफिटको अतिथि कक्षतिर लागे । त्यति बेला पनि केही खेलाडीले ‘केपी बा वी लभ यु’को नारा लगाइरहेका थिए । तर, भिडमा केही खेलाडीले लगाएको नारा त्यति चर्चामा आएन ।

मेडल तथा पुरस्कार पाएपछि खेलाडीको फोटो सेसनमा बेग्लै उत्साह थियो । उत्साहका बीच खेलाडीको फोटो सेसनमा सहभागी हुन स्वयम् प्रधानमन्त्री ओली पनि अघि बढे । प्रधानमन्त्री ओली फोटो सेसनमा पुग्न नपाउँदै रंगशालामा एकाएक ‘केपी बा वी लभ यु’को नारा गुञ्जियो ।

हजारौँ दर्शकका बीच जब खेलाडीले नै ओलीको समर्थनमा नारा लगाए, सबैको ध्यान उतैतिर गयो । अनपेक्षाकृत रूपमा खेलाडीबाट लागेको नारालाई कतिपयले साथ दिए भने कतिपयले मजाकका रूपमा लिए । एक हिसाबले भन्ने हो भने खेलाडीले लगाएको ‘केपी ओली वी लभ यु’को नारा दर्शकका लागि ‘सरप्रराइज’ नै थियो ।

प्रोत्साहनभन्दा आलोचना धेरै 
खेलाडीहरूले मैदानभित्र नै देशको प्रधानमन्त्रीलाई माया गरेर उनको पक्षमा नारा लगाउनुलाई अस्वाभाविक लिन नहुने कतिपयको तर्क छ । तर, देशको राजनीति उत्कर्षमा पुगेका बेला एमालेका अध्यक्ष समेत रहेका ओलीको पक्षमा खेलाडीले लगाएको नारालाई लिएर आलोचना समेत भइरहेको छ ।

ओलीका समर्थकले ‘केपी बा वी लभ यु’को नारालाई देशव्यापी रूपमा सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा राष्ट्रिय टोलीका खेलाडीबाट नै सोही नारा लागेपछि यसलाई राजनीतिक नजरले समेत हेरिएको छ ।

‘केपी बा वी लभ यु’को नारा खेलाडीको ९० मिनेटको खेलपछिको तालिकामा भने थिएन । न त अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई ‘केपी बा वी लभ यु’को नारा लगाउन नै भनेको थियो ।

‘लहैलहै लागेर भन्यौँ’
नारा लगाउनेमध्येका एकजना खेलाडी एकपछि अर्कोले ‘केपी बा वी लभ यु’ भन्न थालेपछि सबै खेलाडीबाट सो नारा लागेको बताउँछन् । आफूहरूले लहैलहैमा नारा लगाएको उनको भनाइ छ । “खेलको जोसमा भएको बेला कुनै एक व्यक्तिले भन्दा हामी पनि सँगै भन्न थाल्यौँ, यो कसैले भन्न सुझाएको पनि होइन,” एक खेलाडीले भने ।

अहिले खेलाडीले लगाएको ‘केपी बा वी लभ यु’को नारालाई लिएर सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विशेषगरी ओली समर्थकले नारालाई सामाजिक सञ्जालमा फैलाउने काम गरिरहेका छन् भने आलोचकहरूले राजनीतिक टिकाटिप्पणी गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC