site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

जिज्ञासा र असावधानी दुवै मानवीय प्रवृत्ति नै हुन् । परन्तु, जाेखिमपूर्ण जीव वा पदार्थप्रति असावधान हुँदा भने ज्यानै जान सक्छ । केही साता यता नेपालमा प्रहरीले अवैधरूपमा ल्याइएकाे वा राखिएकाे युरेनियमजस्ताे पदार्थ बरामद गरेकाे छ । तर, आणविक विकिरणकाे जाेखिम भएकाे पदार्थ बरामद गर्ने वा देखाउने क्रममा नैपाल प्रहरीले भने सावधानी अपनाएन ।

प्रहरीले काठमाडाैंकाे बरामद गरेकाे बाैद्धस्थित एउटा घरबाट  धेरै वर्षदेखि लुकाएर राखिएकाे पदार्थमा ‘युरेनियम २३८’ काे केही लक्षण भेटिएकाे  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को प्रारम्भिक अनुसन्धानले पुष्टि गरेकाे थियाे । यसकाे जानकारी दिन आयोजित कार्यक्रममा समेत प्रहरीले युरेनिययजस्ताे विकिरण फैलाउने पदार्थ आवश्यक सावधानी नै नअपनाई सार्वजनिक गरिदियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाट नेपाल प्रहरी युरेनियम र विकिरणकाे जाेखिमप्रति स‌वेदनशील रहेनछ भन्ने स्पष्टै बुझिन्छ । नत्र, घटनामा संलग्न प्रहरीले पनि ज्यानकाे माया त पक्कै गर्ने थिए । बरामद वस्तुलाई नैसर्गिक गुणका आधारमा चिन्न कठिन हुनु स्वाभाविकै हाे ।  नास्टमा पनि युरेनियम नै भएकाे निश्चित गर्ने प्रविधि र उपकरणकाे अभाव रहेछ । ‘युरेनियम’ बरामदपछिका घटनाबाट सरकारले यसकाे सही व्यवस्थापनका लागि तत्काल उपयुक्त उपाय अपनाउनु पर्ने खेखिन्छ ।    

बौद्धको एक घरबाट प्रहरीले दुई किलो पाँचसय ग्राम युरेनियम बरामद गरेको समाचार सार्वाजनिक भएसँगै यस विषयमा धेरैले चासो देखाए । यता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्रारम्भिक अनुसन्धानको प्रतिवेदनले समेत बरामद वस्तुमा युरेनियम २३८ को केही गुण देखिएको जनाएको छ । प्रशाेधित र व्यवस्थित प्रयाेग मानव कल्याणका लागि वरदान बन्न सक्छ भने अणुबमकाे कच्चा पदार्थ युरेनियमकाे दुरुपयोग वा हेलचेक्य्राइँकाे परिणाम भयावह हुनसक्छ ।

युरेनियम नै भएकाे निश्चित भइनसकेकाे भए पनि प्रहरीले याे पदार्थ बरामद गर्दादेखि पत्रकार सम्मेलनमा देखाउँदासमेत आवश्यक न्यूनतम सुरक्षा सावधानी पनि अपनाइएन । यसकाे मूल कारण युरेनियमकाे महत्त्व र जाेखिमकाे जानकारी नहुनु नै हुनुपर्छ । युरेनियमजस्ताे बहुमूल्य पदार्थकाे अवैध व्यापार र तस्करी पनि हुनसक्ने जाेखिम नेपालकै घटनाबाट समेत देखिएकाे छ ।

यसैले सरकारले नास्ट र नेपाल प्रहरीलगायत सम्बन्धित निकायलाई युरेनियमजस्ता पदार्थका बारेमा परीक्षण गर्नसक्ने जनशक्ति र उपकरणकाे बन्दाेबस्त गरिदिनुपर्छ । प्रहरीले पनि आफ्नै जनशक्तिलगायत जनस्वास्थ्य तथा सुरक्षाकाे व्यवस्था मिलाएरमात्र यस्ता पदार्थकाे व्यवस्थापन र प्रदर्शन  गर्नुपर्छ । साथै, यसै पटक कच्चा युराेनियमजस्ताे पदार्थ राख्नेलगायत संसर्गमा रहेकाहरूकाे तत्काल स्वास्थ्य परीक्षण गरियाेस् । अन्यथा, यस्ताे दुस्साहस निकै महँगाे पर्नेछ ।

 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्