site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा रहेका दलका नेतालाई विचार विमर्शका लागि आज मंगलवार बोलाएकी छन् । देशमा राजनीतिक सङ्कट छ । त्यसको समाधानका लागि आवश्यक सार्थक संवाद र पारस्परिक विश्वासको पनि अभाव छ ।

यस्तो अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य नै भए पनि विगतमा संविधानको संरक्षण र पालन गर्ने पदीय कर्तव्यमा चुकेका कारण उनको अग्रसरतालाई सरकार जोगाउने अर्को रणनीतिका रूपमा हेरिएको छ । प्रतिनिधि सभा विघटन गर्ने बेलामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असंवैधानिक सिफारिस सदर गरेर राष्ट्रपति भण्डारीले पनि साख गुमाइसकेकी छन् । 

अर्कातिर, नेपालका अधिकांश राजनीतिक दलका नेता पनि लोकतन्त्र शब्द मन्त्रका रूपमा त जप्छन् तर लोकतान्त्रिक तथा नैतिक मूल्य मान्यताप्रति भने तिनीहरूका प्रतिबद्धता छैन । प्रतिनिधि सभा विघटन बदर भएपछि उनीहरूको कमजोर, काँतर र सत्तालोलुप अनुहार झन् स्पष्ट भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभा विघटन गर्ने सिफारिस सर्वोच्च अदालतबाट बदर भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा गरेर राजनीतिक निकासको बाटो खोल्नुपर्थ्यो । ओलीले नैतिकता देखाएनन् । लोकतान्त्रिक मूल्यको उपेक्षा गरेर प्रधानमन्त्री ओलीले आफूलाई थप कलङ्कित बनाए ।

प्रधानमन्त्री ओलीले त नैतिकता र स‌विधान तथा लोकतान्त्रिक मान्यताको सम्मान गरेनन् नै प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलित दलका नेताहरूले पनि सत्ताको मोलतोलमा लागेर लोकतन्त्र र संविधानको मर्यादा हरण गर्न उद्यत देखिनु अर्को विडम्बना हो । 
प्रतिनिधि सभा विघटन र एमाले र माओवादी केन्द्रको एकता बदर हुनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । अहिलेको ओलीको सरकार प्राविधिकरूपमा मात्र वैध देखिन्छ । स‌विधानमा लेखिएअनुसार प्रधानमन्त्री ओलीका विपक्षमा संसद्को बहुमत लिखतमा नदेखिएको मात्र न हो ।

Global Ime bank

एमालेकै कतिपय सांसदहरू ओलीको निर्णयविरुद्ध आन्दोलनमा थिए । माओवादी केन्द्र, नेपाली का‌ग्रेस र जनता समाजवादी पार्टी पनि प्रतिनिधि सभा विघटन गर्ने निर्णको विपक्षमै थिए । यस्तो अवस्थामा पनि सत्ताको भागबन्डामा मोलतोल गरिरहनु प्रकारान्तरले ओलीलाई नै सघाउनु हो ।

सदनमा सांसद संख्याका आधारमा एमालेपछि क्रमशस् नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको स्थान रहेको छ । एमालेका असन्तुष्ट नेताहरू सिद्धान्तका लागि सांसद पद छाड्न तयार नहुने हो भने प्रधानमन्त्री ओलीलाई कुनै एउटा दलको समर्थन भए बहुमत सिद्ध गर्ने संख्या पुग्छ । 

अरूका हकमा भने एमालेको समर्थनविना सरकार बनाउन आफूबाहेक बाँकी दुवै दलको समर्थन चाहिन्छ । सायद, यही कारणले जसपा अहिले ओलीसँग पनि मोलतोलमा लागेको हो । लोकतान्त्रिक मर्यादाविपरीत समर्थनको मूल्य हाताहाती असुल गर्ने घोषणा गर्न लाज नमान्नुको कारण पनि यही हुनुपर्छ ।

एमाले संसद्को सबैभन्दा ठूलो दल भएकाले ओलीलाई हटाएर अर्को कसैको नेतृत्वमा सरकार गठन गर्ने प्रयास भएको भए जसपाको रणनीति अनैतिक र सिद्धान्तहीन हुने पनि थिएन । तर, ओलीकै नेतृत्वमा अर्थात् प्रतिनिधि सभा हत्या गर्ने मन्त्रिपरिषद्मा नै सामेल हुन तयार हुनु लोकतन्त्र र नैतिक मूल्यको अपमान नै हो । 

नेपाली कांग्रेसले पनि सरकार गिरेपछिको चिन्ता र लोभ छाडेर ओलीलाई हटाउनु लोकतन्त्र र नैतिकताको मूल्य स्थापित गर्नु हो भन्ने आत्मसात गरेर अरूकै नेतृत्वमा भए पनि अविश्वासको प्रस्ताव दर्ता गराउन तयार हुनुपर्थ्यो । 

यसरी भद्रा हेर्दाहेर्दै ओलीले लोकतन्त्रको बचेखुचेको आवरण समेत समाप्त पारिदिए भने जनतालाई मुख देखाउने बाटो पनि कांग्रेसका नेताहरूसँग रहनेछैन । यसैले सबैभन्दा पहिले प्रधानमन्त्रीबाट हटाएर खड्गप्रसाद ओलीलाई संविधानको हत्या प्रयासमा सजाय दिनुपर्छ ।  

राष्ट्रपति भण्डारीले बोलाएको बैठकमा जानेहरूले ओलीलाई राजीनामा दिन लगाउन अरू दल विशेषगरी कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताले उनलाई एक स्वरले सल्लाह दिउन् । साथै,  त्यसपछि उत्पन्न हुने परिस्थितिमा सत्ता स्वार्थलाई प्राथमकिता नदिने विश्वास पनि दिलाउन् । नत्र, लोकतन्त्रप्रति इमानदारी नदेखाउने नेताहरू नै विस्थापित हुनेछन् ।    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC