site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा आइतवार गराइएको बम विस्फोट आतङ्ककारी घटना हो ।विडम्बना, नेपालको सरकार, राजनीतिक दलहरू र मानव अधिकार समुदाय भने त्यसको एक स्वरले निन्दा गर्न हिचकिचाइरहेका देखिए । विस्फोटमा मालपोत कार्यालयका कर्मचारीसहित सेवाग्राहीहरू गम्भीर घाइते भएका छन् । 
 
तराईमा हिंसात्मक गतिविधिमा संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० नामको संस्थाको अध्यक्षले विज्ञप्ति प्रकाशित गरी विस्फोटको जिम्मा लिएका छन् । तराईमा भ्रष्टाचारको विरोध गर्दै विस्फोट गराइएको पनि विज्ञप्तिमा दाबी गरिएको छ । विसं २०६२्६३ को जनआन्दोलन लगत्तै पनि यही मोर्चा हिंसात्मक क्रियाकलापमा संलग्न देखिएको थियो । 
 
समस्यासँग प्रत्यक्ष सम्बन्ध नभएका निहत्था नागरिक मारिने गरी धराप थाप्ने वा बम पड्काउने कुकृत्य आतङ्ककारी कार्य नै हो । र, त्यस्ता काममा संलग्न हुनेहरू आतङ्काकारी नै हुन् । साथै, सभ्य संसारमा आतङ्कलाई राजनीतिक क्रियाकलाप मानिदैन । 
 
लहानमा आइतवार भएको घटना सर्वसाधारणको जिउधनमा गरिएको आक्रमण पनि हो । यस्तो कार्य निन्दनीय त हुँदै हो दण्डनीय पनि हो । निहत्था जनतामाथि भएको अत्याचारमा दण्ड दिनु राज्यको प्राथमिक कर्तव्य पनि हो । दुर्भाग्य, नेपालमा भने सरकारले आतङ्ककारीसँग सम्झौता गर्दै आएको छ । यसैले एउटापछि अर्को आतङ्ककारी समूहले वितण्डा मच्चाइरहेको हुनुपर्छ । केही दिन पहिले हिंसात्मक क्रियाकलापमा संलग्न एउटा समूहका कार्यकर्तालाई तिनका अपराधमा उन्मुक्ति दिएर रिहा गर्ने यस सरकारसँग सायद पछिल्लो आतङ्कलाई अपराध भनेर दण्ड दिने नैतिक शक्ति नहोला  । 

लहान विस्फोट निन्दनीय अपराध हो र यसको व्यापक भर्त्सना गरिनुपर्छ । सरकार अपराधीप्रति नरम देखिएका अवस्थामा मानव अधिकार समुदाय र नागरिक समाजको मौनले समस्या झन् विकराल बनाउँछ । दशक लामो माओवादी आतङ्कमा नागरिक, सञ्चार माध्यम र राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको मौन निकै नेपालीका लागि निकै महँगो सिद्ध भइसकेको छ ।
 
अढाइ दशक पहिले माओवादीले आतङ्क मच्चाउँदा मौन वा मुखर समर्थन नगरिएको भए राजा ज्ञानेन्द्रले लोकतन्त्रको अपहरण गर्ने मौका पाउने थिएनन् । त्यसो त राजदरबारले मलजल र भारतले संरक्षण नगरेको भए माओवादी नै पनि देश लथालिङ्ग बनाउने गरी हुर्कने थिएन । 
 
यसैले बेलैमा विचार गरौँ । राजनीतिक दलहरू यस्ता घटनाप्रति मौन नबसून् । विशेषगरी तराईका नेताहरू नै त्यहाँ हुने आतङ्कमा चुप लागे भने जनताले धेरै सास्ती पाउनेछन् । निर्दोष, निहत्था जनता प्रताडित र पीडित हुने काम गरेर कुनै परिवर्तन हुँदैन भन्ने अहिले आतङ्क मच्चाउने कथित क्रान्तिकारीलाई थाहा नभएको त पक्कै होइन । निर्दोष जनताले आतङ्क सहनु पर्दा पनि तमासा हेर्नेहरूलाई सन्तानले पनि पक्कै क्षमा गर्नेछैनन् । सरकार पनि जनतालाई सुरक्षा र अपराधीलाई दण्ड दिने कर्तव्यबाट नचुकोस् !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC