site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सुरेन्द्र पाण्डेलाई झुक्किएर आएको त्यो म्यासेज...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा पार्टी नेताहरुको जिम्मेवारीमा 'व्यापक फेरबदल' गरे । आज बालुवाटारमा बसेको ओलीपक्षीय बैठकले केन्द्रीय कमिटी विस्तार, महाधिवेशन कमिटी, प्रदेश अध्यक्ष सचिव, इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी तोके ।

सर्वोच्च अदालतको फैसलापपछि पार्टी ब्युँतिए पनि माधवकुमार नेपाल पक्ष पार्टीमा नफर्किनेमा ओली पक्ष ढुक्क रहेको र त्यसैअनुसार केही दिनको तयारीअनुसार आज बैठक बसेको स्रोतको दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्रोतका अनुसार आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई आज दिउँसो ११ बजे बालुवाटारमा उपस्थित हुनू भनेर पठाएको म्यासेज नेता माधवकुमार नेपालपक्षीय दुईजना नेताकहाँ पनि पुगेको खुलेको छ ।

नेपालनिकट स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय कमिटी सदस्य राजनकुमार राईलाई उक्त म्यासेज झुक्किएर पुगेको एक नेताले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभक्त हुँदा नेपाल पक्षले फरक बाटो तय गरेको र अहिले पार्टीमा फर्किए पनि दुखै दिने भएकाले उक्त पक्षलाई बैठकमा नबोलाउने निष्कर्षमा पुगेको स्रोतको जिकिर छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्