site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राणा शासनका बेला जर्नेलहरूका बग्गी देखिएपछि पैदल यात्रुले बाटाे खाली गर्नुपर्थ्याे रे ! अहिलेकाे ट्राफिक नियममा त्यही राणाकालीन रवैया झल्कन्छ । सडकमा पैदल यात्रुकाे सुविधाकाे उपेक्षा गरेर माेटरकाे आवागमन सजिलाे बनाउने प्रवृत्ति त्यसैकाे निरन्तरता त हाे नि । यसैगरी, विद्यालयका बसहरूलाई समय ताेक्दा ससाना नानीहरूलाई पर्ने मर्काकाे उपेक्षा गर्ने नियम पनि रिसल्लाकाे भूत नै हाे ।

 

कथित ‘विशिष्ट व्यक्ति’काे सुविधाका लागि घन्टाैं सार्वजनिक यातायात ठप्प पार्ने र राणा प्रधानमन्त्रीकाे सयरका बेला पैदल यात्रीलाई बाटैमा सजाय दिने चलनमा तात्त्विक अन्तर देखिँदैन । जनसाधारणलाई सास्ती दिएर ठूलाठालुलाई सुविधा दिने शासनलाई आधुनिक र सभ्य भन्न मिल्दैन । नेपालकाे प्रशासनिक मानसिकता मध्ययुगीन र असभ्य नै देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 

त्यसाे त एक्काइसाैं शताब्दीकाे तेस्राे दशक सुरु हुँदासम्म पनि राजधानीकाे व्यस्त चाेकहरूमा ट्राफिक संकेतकाे ध्वनि र प्रकाशकाे व्यवस्था पनि नभएकाे सहरमा ट्राफिक व्यवस्थापन आधुनिक हुन यसै पनि सक्तैन । तर, ट्राफिक व्यवस्थापनलाई मानवीय बनाउन खाेज्ने हाे भने अपेक्षाकृत सभ्य भने बनाउन सकिन्थ्याे ।

Global Ime bank

 

ट्राफिक प्रहरीलाई पैदल यात्रुकाे सुविधालाई प्राथमिकता दिनुपर्ने मान्यतामात्रै पनि सिकाउन सके अहिलेकाे अवस्थामा सुधार हुनसक्छ । तर, ट्राफिक प्रहरीलाई सर्वसाधारणकाे सुविधालाई प्राथमकिता दिने सभ्य संसारकाे मान्यता सिकाउनुकाे साटाे स्वयंसेवकका रूपमा सघाउन आएका युवालाई समेत उल्टो माेटरलाई प्राथमकिता दिनुपर्ने असभ्य र अमानवीय ‘ज्ञान’ दिने गरिएकाे छ । 

 

विद्यार्थी ओसार्ने विद्यालयका सवारी साधन बिहान ९:३० बजे भन्दा पछि चल्न नदिने ट्राफिक नियम पनि राणाकालीन अमानवीय मानसिकताकै उपज हाे । सरकारी अड्डाअदालत १० बजे खुल्ने भएकाले हाकिमहरूलाई असुविधा नहाेस् भनेर नै ससाना नानीलाई बिहानै उठेर माेटरमा घन्टाैं बिताउनुपर्ने सास्ती दिइएकाे हुनुपर्छ ।

 

शासनका सबै क्षेत्रमा मानवीय सुधार आवश्यक छ । तर, जनसाधारणकाे प्रत्यक्ष सराेकार हुने क्षेत्रमा त यस्ताे सुधारकाे अभाव बढी नै खट्किन्छ । ट्राफिक व्यवस्था सुधारका लागि आधुनिक प्रविधि र उपकरण जुटाउन सरकारले पर्याप्त बजेटकाे व्यवस्था गर्नुपर्छ । सँगै ट्राफिक प्रहरीकाे समग्र दीक्षा र अभिमुखीकरण पनि मानवीय अर्थात् पैदल यात्रुकाे सुविधा सबैभन्दा महत्त्वपूर्ण ठान्ने गरी हुनु आवाश्यक देखिन्छ । 

 

नियम बनाउँदा सराेकारवालासँग सल्लाह गर्ने लाेकतान्त्रिक विधि पनि अपनाउनुपर्छ । सराेकारवालाकाे सल्लाह लिएकाे भए विद्यालय जाने साना नानीहरूलाई सास्ती दिएर ठालुहरूलाई सजिलाे बनाउने मध्ययुगीन नियम पक्कै बन्ने थिएन । कर्मचारी र राजनीतिकर्मीहरू पदमा पुगेपछि आफूलाई सर्वज्ञ ठान्छन् । पदेन जान्ने हुने सामन्ती मानसिकता अब त त्याग !   

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC