site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरियो’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले
समस्या भएको बताएका छन् ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता
गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् । विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा
बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतको आइतबारको फैसलापछि एकीकृत पार्टीहरुको अवस्था २०७५ जेठ ३ गतेअगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “हिजो २०७५ जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुर्‍याएकै हो । त्यही ढंग नपुर्‍याएका कारण आज
काँचै पल्टिएर बाहिर आयो । अब एकता गर्दा हामीले ढंग पुर्याएर गर्नुपर्छ । सबै थिति मिलाएर उचित तरिकाले गर्नुपर्छ ।

हिजो एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने चुनावमा बहुमत ल्याउने
भन्ने कुरा मात्रै  भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्यो । अब सर्वोच्च अदालतको फैसलापछि नया ढंगले पार्टीलाई
एकताबद्ध बनाउँछौ । हिजोको जस्तो गरी राँटो छोडेर, काँचोकट्मिरो राखेर एकताको कुरा हुँदैन । विचारमा खँदिलो
बनाएर, संगठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ ।”

Global Ime bank

केही समयअगाडि नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गरे । उनले भने, “नेकपा एमालेको नवौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीवात् छैन जानुहुन्छ ।”

उनले नेकपा एमाले सूर्य चिह्‍नसहित सबैलाई समेटर अघि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर
भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरुले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट असहयोग भएको दाबी उनले गरे । प्रधानमन्त्री केपी ओलीका नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको तर्क उनले गरे । उनले प्रतिनिधिसभा पुन:स्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रैका नेताहरुबाट भइरहेको दाबी गरे ।

उनले भने, “अहिले तमासा के रे भने । आफ्नो झन्डै-झन्डै दुईतिहाइको समर्थनमा सरकार छ । त्यो सरकारको
प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कसलाई बनाउनेभन्दा बूढानीलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भईदेऊ भन्ने यस्तो घिनलाग्दो काम यही कम्युनिस्ट पार्टीभित्रका नेताहरुबाट भइरहँदा यो कति निन्दनीय कुरा हो यो ?

कति दु:खको कुरा हो यो । त्यसकारणले अहिले जुन विग्रह पैदा भएको छ । त्यसपछाडि सत्ताको लिप्सा, इर्ष्या कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।”

उनले महिला अधिकारको विषयमा संसद्‌मा पहिलो अगुवाइ गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ
भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुखद भएको बताए ।

महिला अधिकार कसैले दिएर दिइने विषय नभएको उल्लेख गर्दै उनले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गरे । उनले भने, “महिला अधिकार कसैले दिएर दिइँदैन । यो श्रम र उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जमिनको लालपुर्जा दिँदा महिलाको नाममा हुँदा दस्तुर मिनाहा गर्ने खालको कुरा पनि प्रारम्भ भयो । जहिलेसम्म सम्पत्तिमाथि पुरुषसरह महिलाको अधिकार हुँदैन त्यसबेलासम्म महिला स्वतन्त्र हुन सक्दैनन् । महिलाको मिहिनेतलाई श्रमका रुपमा नबुझ्ने हाम्रो परम्परा र बुझाइ छ । महिलाले घरभित्र गर्ने काम पनि ठूलो श्रम हो भनेर बुझ्नुपर्छ त्यो नबुझेसम्म समानता हुँदैन ।”

आफूलाई ठूला घरानियाँ भन्नेहरुले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्तिमाथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उनले गरे । उनले भने, “अहिले कतिपय ठुल्ठूला मान्छेहरुका श्रीमतिका नाममा लालपुर्जा दिने अनि सम्पत्तिमाथि अधिकार छ भनेर देखाउने यस्तो गरेर हुँदैन ।”

उनले महिलामाथि हुने विभेद र हिंसा रोक्न सामाजिक सचेतना जगाउनुको साथै सम्पत्तिमाथि महिलाको पनि पुरुषसरह अधिकार स्थापित हुन गर्न जरुरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC