site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सर्वोच्च अदालतको आफूलाई ‘ठूला’ ठान्ने नेपालका दुई कम्युनिस्ट पार्टीका नेताहरूको बलमिच्याइँ र तिनका सामु नतमस्तक निर्वाचन आयोगका पदाधिकारीको बेइमानीबाट भएको अन्याय सच्याएको छ । आयोगमा पहिले नै दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीकै नाममा अर्को दल दर्ता गर्ने कार्य कानुनविपरीत ठहर गरी सर्वोच्च अदालतले आइतवार निर्वाचन आयोगको निर्णय बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको परमादेशमा एमाले र माओवादी केन्द्र नामका दलहरूले राखेको नाम नै बदर भएपछि एकीकरण गरिनुपूर्वकै स्थिति कायम भएको पनि उल्लेख छ । एमाले र माओवादी केन्द्र एकता गरी नयाँ दल दर्ता गर्न आएमा कानुनबमोजिम गर्न पनि निर्वाचन आयोगलाई इजलासले आदेश दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बदर गरिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केही नेता भने सर्वोच्च अदालतको परमादेशप्रति निकै क्षुब्ध र आक्रोशित देखिए । आफूलाई सुविधा हुने गरी आदेश दिएन भने अदालतविरुद्ध नै जाइलाग्ने प्रवृत्ति  यथार्थ सर्वसत्तावादी हो । अहिले अदालतले आफूलाई अप्ठेरो पारेको ठान्नेहरूले बलमिच्याइँ गर्दा नै देशमा अदालत पनि रहेको हेक्का राख्नुपर्थ्यो ।

निर्वाचन आयोगका तत्कालीन पदाधिकारीले राजनीतिक ‘मालिक’हरूको ताबेदारी गर्न कानुन नमिचेका भए अहिलेको स्थिति नै उत्पन्न हुने थिएन । आयोगका पदाधिकारीको ताबेदारी ‘बाँदरले स्वामीको सेवा गर्दा नाक काटिदिए’ जस्तै भयो । यसैले अहिलेको सकसका लागि दोष दिने हो भने अदालतको निर्णयलाई होइन नालायक पदाधिकारी छनौट गर्ने आप्नै नेताहरूलाई दिए हुन्छ ।

Global Ime bank

नेपाल कम्युनिस्ट पार्टीका नाममा गरिएको एकताको आधार नै अवैध ठहर भएपछि दुवै पार्टी एकता पूर्वको अवस्थामा फर्केको भन्नु प्राकृतिक न्यायअनुरूप नै हो । केहीले निर्णय गर्दा परिणामको हेक्का राखिएन भनेर आलोचना गरेको देखियो । न्यायाधीशले परिणाम हेरेर फैसला गरून् भन्ने अपेक्षा नै विधिको शासन विरुद्ध तथा मनोगत हुन्छ । अदालतको प्रचलित कानुन र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप न्याय गर्ने हो । नेकपाको नामसम्बन्धी निर्णयमा त्यसको पालन भएको देखिन्छ ।

आफ्नो निर्णयको परिणामको ख्याल राख्नुपर्ने त राजनीतिक नेताहरूले हो । पछिल्ला घटनाक्रम हेर्दा न्यायिक दृष्टिबाट अवैध ठहर गरिएको कम्युनिस्ट एकता राजनीतिक दृष्टिबाट पनि  चुनावका मुखमा जनतालाई झुक्याउने चालबाजीमात्र रहेछ भन्ने देखिएको छ । जनताप्रति जिम्मेवार हुन्थे भने भागबन्डाको किचलो झिकेर सत्तारुढ दलका नेताले  भाँडभैलो गर्ने नै थिएनन् ।

सर्वोच्च अदालतको संयुक्त इजलासले पहिले अस्तित्वमा रहेका दुवै पार्टीलाई अवसर दिएको छ । जनतासँग गरेको वाचा सत्य थियो भने कानुनबमोजिम फेरि एकता गर्न अदालतको फैसलाले छेकेको त छैन । एमाले र माओवादी केन्द्रका नेताहरू सर्वोच्च अदालतको परमादेशमा होइन आफ्नो नियतमा रहेको खोट पहिल्याएर सच्याउनु बुद्धिमानी हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC