site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतमा निसान म्याग्नाइट टर्बो भेरिएन्टको बढ्यो मूल्य

काठमाडौं । भारतमा निसान म्याग्नाइटको टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्य ३० हजार रुपैयाँले बढेको छ । भारतमा १३ सय प्रतिशतसम्म बढेको टर्बो इन्जिनमा प्रयोग हुने सेमी-कन्डक्टरले गर्दा गाडीको मूल्य बढाइएको हो ।

म्याग्नाइटको नन-टर्बो भेरिएन्टको मूल्य भने बढाइएको छैन । सब फोर मिटर कम्प्याक्ट एसयूभीका रुपमा परिचित निसान म्याग्नाइट दुई पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निसान म्याग्नाइटले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र फोर्ड इकोस्पोर्टजस्ता गाडीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

भारतमा निसान म्याग्नाइटले निकै नै आक्रामक बजार लिइरहेको बताइएको छ । नेपाली बजारमा पनि म्याग्नाइटप्रति ग्राहक निकै नै आकर्षित भइरहेको र बुकिङ बढिरहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:१६
प्रतिक्रिया दिनुहोस्