site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एप्रिलिया एसएक्सआर १६० नेपाली बजारमा, फिचर र मूल्यसहित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमभी दुगडले नेपाली बजारमा पियाजियोको एप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरेको छ । पियाजियो र एमभी दुगड ग्रुपले नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर घोषणा गरेका हुन् ।

प्रिमियम स्कुटर एप्रिलिया एसएक्सआर १६० को मूल्य चार लाख नौ हजार नौ सय रुपैयाँ कायम गरिएको हो । कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालका साथमा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले स्कुटर सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

एप्रिलिया एसएक्सआर १६० ले एप्रिलियाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । स्कुटरमा सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर-कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन (एफआई), कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी (बीएसभीआई) को इन्जिन छ जसले ७१०० आरपीएममा ११ पीएसको पिकपावर उत्पादन गर्छ । उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिट दिइएको छ ।

स्कुटर १२ भोल्ट ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमता छ । एप्रिलिया एसएक्सआर १६० ३ कोट एचडी बडी पेन्ट फिनिस, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम एलिमेन्टसको साथ उपलब्ध गराइएको छ । एलईडी टेक्नोलोजी ट्विन्ट क्रिस्टल हेड लाइट र आइलाइन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट इन्डिकेटर ब्लिन्कर्सले अद्वितीय प्रकाश सिर्जना गर्ने बताइएको छ ।

Global Ime bank

डाइमन्ड रिफ्लेक्सन एलईडी टेललाइटको साथ एकीकृत रियर ब्लिन्कर्स भएको एप्रिलिया एसएक्सआर १६० ले नयाँ पुस्ताको आवश्यकता पूर्ति गर्ने कम्पनीको दाबी छ । स्कुटरमा एन्टी-लक ब्रेकिङ सिस्टम राखिएको छ जो भेन्टिलेटेड डिस्क ब्रेक र ट्विन्स पोट क्यालिपर्स हाइड्रोलिक ब्रेकको साथ आउँछ । एप्रिलिया एसएक्सआर १६० ग्लसी रेड, म्याट ब्ल्यू, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC