site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटक सवारीचालक तथा रिक्सा चालकलाई अनुशिक्षण

काठमाडौं । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले पर्यटक सवारी चालक, ट्याक्सी चालक तथा रिक्सा चालकहरुलाई अनुशिक्षण दिएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित अनुशिक्षणमा पर्यटक नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालकहरू हुने भएकाले सवारी चालकले गर्नुपर्ने व्यवहारबारे जानकारी गराइएको थियो । सवारी चालकको व्यवहारबाट पनि पर्यटकहरुले नेपालप्रतिको दृष्टिकोण बन्ने भएकाले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन उनीहरलाई आग्रह गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्‍जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्त्वपूर्ण भूमिका रहने हुँदा सवारीचालकहरूले सोहीअनुरूपको व्यवहार आवश्यक भएको बताए । चालकहरुलाई अतिथि देवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुसरण गर्न सके त्यसको छाप विश्वभर फैलान सहयोग पुग्ने उनले बताए ।

नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरीक्षक डा. विवेकराज भण्डारीले कोभिडको अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डबारे सहभागीलाई जानकारी दिए । बोर्डका प्रबन्धक सुमन घिमिरेले बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्