site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा भ्यान र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । 

बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो ।

काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल जुधेका थिए । मोटरसाइकलमा सवार थिए न्यौपाने र कटुवालको उपचारको क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् । 

Global Ime bank

भ्यानमा सवार घाइते दुई जनाको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानमा सवार १२ यात्रु सकुशल छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC