site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । यही फागुन १४ गते राति मस्तिष्काघात भएर अस्पताल भर्ना भएका जोशीको अहिलेसम्म होस् भने आएको छैन ।

निकै जोखिमपूर्ण अवस्थामा अप्रेसन गरिएका जोशीलाई त्यसयता भेन्टिलेटर सर्पोटमा राखिँदै आएको थियो । जोशीको उपचारमा संलग्न डा. राजीव झाका अनुसार श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको हो ।

“स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ,” जोशीको उपचार टोलीको नेतृत्व गरिरहेका डा. झाले भने, “सपोर्टविनै श्वासप्रश्वास गर्नसक्ने अवस्था भएर नै भेन्टिलेटर हटाइएको हो ।”

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्