बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रहरीले वार्ता अवधिभर विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ नगर्ने
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रहरीले वार्ता अवधिभर प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई पक्राउ नगर्ने भएको छ । गृह मन्त्रालयको आदेशपछि प्रहरीले नेता–कार्यकर्ता पक्राउ नगर्ने भएको हो ।

बुधबारबाट गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माको टोलीबीच वार्ता भइरहेको छ । प्रहरीका एक उच्च अधिकारीले भने,“दुवै पक्षबीच वार्ता जारी रहेकाले पक्राउ नगर्नू भन्ने आदेश छ । अहिले हामी विप्लव समूहविरुद्ध कुनै पनि प्रहरी कारवाही गर्दैनौं ।”

विप्लव समूहमाथि ०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सो समूहविरुद्ध संयुक्त रूपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएका थिए । अपरेसनका क्रममा प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई जहाँ देख्यो त्यहीँ समात्दै आएको थियो । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्