site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । हातमा दल्ने स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा सिकिस्त भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

Agni Group

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर सेवन गरेको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् ।

मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको कोसी अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेसु चुमनलाल दासले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC