site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन हुने, महासंघ र उद्योग विभागबीच हस्ताक्षर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने गरी एक समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन् ।

त्यसरी तयार गरिएको डाटाबेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुने जनाइएको छ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना, मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिबद्धता जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरु सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख छ ।

उद्योग, व्यवसायको निरन्तर सञ्चालनमार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चापदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनःस्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन–अनुसन्धान गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

Global Ime bank

आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख छ । सोही समितिमार्फत नियमित रूपमा दुवै संस्थाहरु एक ठाउँमा बसी छलफल गर्ने, संकलित तथ्यांकको भन्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचारप्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

मुलुकभित्र सञ्चालित उद्योग–व्यवसायका सम्बन्धमा ठोस र आधिकारिक तथ्यांक नहुँदा उद्योग–व्यवसाय विस्तारमा समेत कठिनाइ पर्न गएको यथार्थताबीच महासंघ र विभागको यो सहकार्यबाट सम्बोधन हुने अपेक्षा गरिएको छ । महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो ।

महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुनसक्ने बताए । उनले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास व्यक्त गरे ।

उद्योग विभागका महानिर्देशक भुसालले महासंघसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी साँच्चै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनले उद्योग विस्तार गर्न कहाँ समस्या छन्, त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC