site stats
बाह्रखरी :: Baahrakhari
देश
ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा आइतबारदेखि तीनमहिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम सुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन् । 

ह्याम्स हस्पिटलले दुई साता अघि दरखास्त आव्हान गरेपछि आवेदन दिएका मध्ये लिखित परीक्षा तथा अन्तर्वार्तामा छानिएका ३१ जना नर्सहरु यस तालिम कार्यक्रममा सहभागी भएका छन् । 

ह्याम्स हस्पिटलले क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान) सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी यस ट्रेनिङ कार्यक्रम संचालन गर्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशमै विश्वस्तरीय ट्रेनिङ कार्यक्रम संचालन गरेर क्रिटिकल कियरको क्षेत्रमा दक्ष नर्सहरु तयार गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो । 

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले देशको क्रिटिकल केयर नर्सिङलाई अझ व्यवस्थित बनाउने अपेक्षाका साथ यस ट्रेनिङ कार्यक्रम संचालन गरिएको बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. भगवान कोइरालाले यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुलाई उत्प्रेरणा मिल्नुका साथै देशको क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने जानकारी गराए ।

आईसीयू विज्ञ प्रा.डा. अर्जुन कार्कीले क्रिटिकल केयर नर्सिङलाई गुणस्तरीय बनाउन ह्याम्सले गरेको सहकार्यको स्रहाना गरे ।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी डा. लोचन कार्कीले कोभिड उपचारमा ह्याम्सले गरेको योगदानको प्रशंसा गर्दै बिरामी उपचारमा नर्सको जिम्मेवारी ठूलो भएको बताए ।

हस्पिटलका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले स्वागत मन्तव्य दिँदै क्रिटिकल केयर नर्सिङ सम्बन्धि विश्वस्तरीय तालिम उपलब्ध हुने बताए ।
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:५६
प्रतिक्रिया दिनुहोस्