site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत्‌को तार भूमिगत गर्ने कार्य तीव्र, पोखराका लागि टेन्डर आह्‌वान गरिँदै 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  विद्युत्‌ वितरण प्रणालीलाई प्रविधिमैत्री एवं अत्याधुनिक बनाउन तार भूमिगत गर्ने काम भइरहेको छ ।

नेपाल विद्युत्‌ प्राधिकरणले गत फागुनदेखि काठमाडौंको महाराजगन्ज-बूढानीलकण्ठ क्षेत्र, लैनचौर-लाजिम्पाट क्षेत्र, चाबहिल-बौद्ध क्षेत्रमा तार भूमिगत गर्ने काम गरिरहेको छ ।  महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने महाराजगन्ज–बूढानीलकण्ठको काम करिब एक महिनामा सम्पन्न हुने चरणका रहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार आयोजना यो क्षेत्रको लाजिम्पाटस्थित सांग्रिला होटेलदेखि बूढानीलकण्ठसम्मको दायाँ-बायाँ गरी १७ किलोमिटर दूरीको काम सम्पन्न हुने चरणमा छ । दायाँ-बायाँ गरेर सडकको दूरी १७ किलोमिटर भनिए पनि तार भने करिब सय किलोमिटर नै प्रयोग हुने उनले बताए । “कुनै ठाउँमा पाँच वटासम्म तार प्रयोग गर्नुपरेको छ । त्यसैले तार बढी लागेको हो,” उनले भने ।

महाराजगन्ज वितरण केन्द्रअन्तर्गत सामाखुसी, बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्ज, बूढानीलकण्ठलगायत स्थानहरुमा करिब २५० किलोमिटरमा ११ हजार भोल्टेज र करिब ४ सय किलोमिटर चार सय भोल्टेजको भूमिगत लाइन निर्माण हुने प्राधिकरणले जनाएको छ । 
 
यस्तै रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने लैनचौरदेखि सांग्रिला होटेलसम्मको काम पनि एकतर्फ सकिनै लागेको र अब अर्को सडकको भागमा राखिने तार बिच्छ्याइने आयोजनाका सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार चाबहिल रत्नपार्क वितरण केन्द्रअन्तर्गत बागबजार, न्युरोड, ठमेललगायत स्थानमा करिब दुई सय किलोमिटरमा ११ हजार भोल्टेजको भूमिगत लाइन तथा करिब चार सय किलोमिटर साढे तीन सय भोल्टेजको भूमिगत वितरण लाइन निर्माण हुनेछ । हालसम्म यो क्षेत्रअन्तर्गत करिब ११ प्रतिशत काम सकिएको उनले बताए । 

Global Ime bank

सुरक्षित कति छ ?
आयोजना प्रमुख अधिकारीले विद्युत्‌को तार भूमिगत गर्दा कुनै जोखिम नरहेको बताए । “विदेशमा पनि भूमिगत गरिएको छ । यसमा डराउनुपर्ने कुनै कारण छैन । हामीले तार बिच्छ्याउने काम सकिएपछि चार्ज गर्छौं । त्यसपछि तार पड्किने वा नपड्किने भन्ने थाहा हुन्छ । तर तार भूमिगत गर्दा डराउनुपर्ने कारण छैन,” उनले भने ।
 
प्राधिकरणले एसियाली विकास बैंकको आर्थिक सहयोगमा दुई वर्षमा सम्पूर्ण काम सक्नेगरी पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत्‌ प्रसारण प्रणाली निर्माण गरिरहेको हो । 

पोखराका लागि टेन्डर आह्‌वान हुँदै
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको बताए । “कोरोनाका कारण केही समय भूमिगत गर्ने कार्यमा अवरोध पर्‍यो । अहिले काम भइरहेको छ,” उनले भने । उनका अनुसार ललितपुरको विभिन्न क्षेत्रमा विद्युत्‌को तार भूमिगत गर्न टेन्डर खुलिसकेको छ । उपत्यकाबाहिर पनि विद्युत्‌को तार भूमिगत गर्ने योजनाअनुसार पोखरामा तार बिच्छ्याउने कार्यअगाडि बढाइएको उनले बताए । उनका अनुसार पोखरामा तार बिच्छ्याउन टेन्डर आह्‌वानको तयारी भइरहेको छ ।
 
पोखरासहित विराटनगर, वीरगन्ज, चितवनलगायत स्थानमा पनि भूमिगत प्रणालीबाट विद्युत्‌ वितरण गरिने योजना रहेको प्राधिकरणले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC