site stats
बाह्रखरी :: Baahrakhari
खेल
लेस्टर घरेलु मैदानमा आर्सनलसँग पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुगेको हो । खेलको छैटौं मिनेटमा योउरी टेलेमान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा डेभिड लुइजले आर्सनलका लागि बराबरी गोल फर्काए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो हाफको इन्ज्युरी समाय आलेक्सेन्डरले गोल गर्दै आर्सनलाई २-० गोलको अग्रता दिलाए । ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ गोलको जित दिलाए ।

जितसँगै आर्सनलले लिगमा २६ खेलबाट ३७ अंक जोडको छ । आर्सनल लिगको १०औं स्थानमा छ । पराजित लेस्टरले भने दोस्रो स्थान उक्लने मौका गुमाएको छ । लेस्टर ४९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्