site stats
बाह्रखरी :: Baahrakhari
देश
महाशाखाले थाल्यो नागरिकमैत्री आचरण सुधार कार्यक्रम
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम सुरु गरेको छ । महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको सुरुवात गरेको हो ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यवहारसहित सहज हुने गरी मूल्यांकन पद्दतिसहित पुरस्कृत गर्ने परिपाटीको सुरुवात गरेको जनाएको छ ।

नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागु गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्