site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध ओसारपसारमा संलग्न एक महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । दाङको तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ की तुलसा पोखरेल रहेको प्रहरीले जनाएको छ ।

उनले स्कुटरको डिक्कीमा लागुऔषध राखेर ओसारपसार गरिरहेको अवस्थामा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्