site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समस्या जानकारी नगराउने निगम पाइलटलाई उडानमा बन्देज, छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले विमानको प्राविधिक समस्याबारे जानकारी नदिएका पाइलटलाई उडानमा बन्देज लगाएको छ । गत जनवरी ८ तारिमा दोहाबाट काठमाण्डौ आएको आर. ए. २४० नं. को उडान काठमाण्डौमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्यान्डिङ’ गरिएको थियो । तर र उक्त ‘हार्ड ल्याण्डीङ्ग’ को विकषयमा उडानमा संलग्न पाइलटहरुले दिनुपर्ने अनिवार्य रिपोर्ट दिइएको थिएन । 

त्यसरी ‘हार्ड ल्याण्डीङ्ग’ को विषयमा जानकारी गराउनु पर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरुलाई तत्काल जानकारी माग गरी निजहरुलाई फागुन १२ गतदेखि उडानमा बन्देज लगाईएको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी गराइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रवक्ता श्रेष्ठका अनुसार उक्त घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय मागिएको छ । राय माग्दा १०० फ्लाइट साइकल्स तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नु पर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति फागुन ११ गते गठन भई समितिले काम पनि गरिरहेको निगमले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:३८
प्रतिक्रिया दिनुहोस्