देश
काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही वीरगन्ज–१६, नगवा बस्ने दुलाहा १९ वर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेका छन् ।
मुलुकी अपराध संहिताको दफा १७३ विपरीत उक्त मन्दिरमा बालविवाह गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्रेको हो । उनीहरुविरुद्ध जिल्ला अदालत पर्साबाट सात दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७ ११:५९
प्रतिक्रिया दिनुहोस्